News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इजरायल माथि हमला गरेकोमा इरानी संसद्मा उत्सव, तत्काल थप हमला नगर्ने

काठमाडौं— आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ। इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्ध सुरु भएको हो। यति मात्र होइन, इरानले इजरायल माथि आक्रमण गरे पछि इरानी संसद्मा पनि उत्सव मनाइएको थियो भने इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।

सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा भएको हमलापछि इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रयोग गरी हवाई हमला गरेको थियो। यसपछि दुई देशबीच सशस्त्र द्वन्द्वको सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आक्रमणलाई रोकिएको बताएका छन्।

Prabhu Bank

इजरायलले लेबनानमा हमला गरेर हिजबुल्लाहसँग जोडिएको सङ्गठनका आधारहरू ध्वस्त गरेको दाबी गरेको छ। यी सबै घटनाका बीचमा इरानका चिफ अफ स्टाफ मेजर जनरल बगेरीको पहिलो प्रतिक्रिया आएको छ। उनले यो अपरेशन पूर्ण रुपमा सफल भएको र इरानले यसलाई अगाडि बढाउन नचाहेको पनि दाबी गरेका छन्। उनले थप हमला नगर्न र गरेमा परिणाम भोग्न इजरायललाई पनि कडा चेतावनी दिएका छन्।

इरानका चिफ अफ स्टाफ मेजर जनरल बगेरीले भने, ‘अपरेसन (इजरायलमा हवाई हमला) सफलतापूर्वक सम्पन्न भयो। इरानले यो कारबाही पूरा भएको ठान्दछ र यसलाई अझै जारी राख्न चाहँदैन। यद्यपि, यदि इजरायलले जवाफमा केही गर्छ भने हाम्रो अर्को अपरेशन यो भन्दा धेरै ठूलो र व्यापक हुनेछ।’

इजरायलमा भएको हवाई हमलापछि इरानको संसद्मा उत्सव मनाइएको थियो। यससँगै इजरायललाई चेतावनी पनि दिइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार संसद्का सभामुख (मजलिस) ले इजरायल वा यसका समर्थकहरूले कुनै किसिमको आक्रमण वा अन्य किसिमको दुस्साहस गरे त्यसको उचित जवाफ दिइने बताएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:३१
Weather Update