News Griha :: न्यूजगृह
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद ! 
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !  अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरू र आम जनतालाई धन्यवाद दिएका हुन्।  
बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन्।
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ विरुद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म स्वत: निलम्बन गरेको थियो।
पर्यटन बोर्डको सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश
पर्यटन बोर्डको सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो।
महोत्तरीमा भीषण आगलागी 
महोत्तरीमा भीषण आगलागी  महोत्तरीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं–६ मा एक घरबाट सल्किएको आगोले गाउँमा भीषण रुप लिएको हो। आगलागीबाट सयौँ घर जलेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार हालसम्म १ सय भन्दा बढी घरहरु जलिसकेका छन्। मानवीय क्षति नभए पनि आगोले ठूलो रुप...
ओलीले सुहाङलाई सोधे– कति भोटले जित्नुहुन्छ? 
ओलीले सुहाङलाई सोधे– कति भोटले जित्नुहुन्छ?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा शनिबार हुने उपनिर्वाचनमा इलामेली जनताको विश्वास सुहाङ नेम्वाङमाथि रहेको दाबी गरेका छन्। आज इलामको चुलाचुलीमा निर्वाचन प्रचारप्रसारको अन्तिम आमसभामा पुगेका ओलीले सो कुरा बताएका हुन्। 
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि, प्रचारप्रसारमा पूर्ण रोक 
उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि, प्रचारप्रसारमा पूर्ण रोक  आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा बुधबार रातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोग नेपालले विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि सुरु गर्न लागेको हो। उक्त अवधिमा निर्वाचन प्रचारप्रसार र मत माग्न पाइनेछैन।
शेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि
शेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि लगातार ओरालो लागेको शेयर बजार कारोबारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो। १३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ। 
कर्णालीमा माओवादीका परियार बिना विभागीय मन्त्री नियुक्त, लिए शपथ 
कर्णालीमा माओवादीका परियार बिना विभागीय मन्त्री नियुक्त, लिए शपथ  कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनिताको शपथग्रहण गरेका छन्। कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले परियारलाई आज बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री परियारले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। 
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन्। विसं २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार धरानबाट पक्राउ गरेको हो। 
पितृ सत्ताविरुद्ध पारिजातको योगदान अतुलनीयः पम्फा भुसाल
पितृ सत्ताविरुद्ध पारिजातको योगदान अतुलनीयः पम्फा भुसाल माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्। 
Weather Update