News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं— लगातार ओरालो लागेको शेयर बजार कारोबारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो।

१३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ। 

Prabhu Bank

७२ लाख ८४ हजार २ सय ७२ कित्ता शेयर २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो।

आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ। १५ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। पोखरा फाइनान्सको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै गुराँस लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्स लगायतका शेयर मूल्य बढेका छन्। 

सर्वाधिक शेयर किनबेच नेपाल रिइन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको ६३ करोड ३० लाखको शेयर कारोबार भएको छ। पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ। 

आज शेयर मूल्य घटेर नोक्सानमा पर्नेमा माइखोला हाइड्रोपावरका लगानीकर्ता पहिलो नम्बरमा छन्। नबिल डिबेञ्चर २०८५, महिला लघुवित्त, लक्ष्मी उन्नति कोष, रिभर फल्स पावरलगायतका शेयर घटेका छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:१४
Weather Update