News Griha :: न्यूजगृह
ओलीले सुहाङलाई सोधे– कति भोटले जित्नुहुन्छ? 
तस्बिरः केपी शर्मा ओलीको सामाजिक सञ्जाल

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा शनिबार हुने उपनिर्वाचनमा इलामेली जनताको विश्वास सुहाङ नेम्वाङमाथि रहेको दाबी गरेका छन्। 

बुधबार इलामको चुलाचुलीमा निर्वाचन प्रचारप्रसारको अन्तिम आमसभामा पुगेका ओलीले सो कुरा बताएका हुन्। 

सामाजिक सञ्जालमा फोटोसहित पोस्ट सार्वजनिक गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सुहाङलाई कति मतले जित्नु हुन्छ भन्दै सोधेको र सुहाङले इलामेली जनतालाई सोध्नुपर्ने प्रतिक्रिया दिएको बताए। 

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज चुलाचुलीमा सुहाङको चुनावी कार्यक्रममा सहभागी भएको थिएँ। मैले सुहाङसँग सुटुक्क सोधें– कति भोटले जित्नुहुन्छ? सुहाङको जवाफ थियो– त्यो त इलामेली जनतालाई सोध्नु पर्छ। जनतामाथि उहाँको विश्वास मलाई मन पर्यो।’ 

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। यसअघि त्यस क्षेत्रबाट जितेका एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो। अहिले एमालेबाट उम्मेदवार बनेका सुहाङ स्वर्गीय सुवासका छोरा हुन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:०४
Weather Update