News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि, प्रचारप्रसारमा पूर्ण रोक 

काठमाडौं—आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा बुधबार रातिबाट मौन अवधि सुरु हुँदैछ। 

निर्वाचन आयोग नेपालले विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि सुरु गर्न लागेको हो। उक्त अवधिमा निर्वाचन प्रचारप्रसार र मत माग्न पाइनेछैन।

Prabhu Bank

यस अवधिमा उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकुल हुने गतिविधिको निगरानी र नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०६३ को दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्था समेत गरेको आयोगले जनाएको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:२५
Weather Update