News Griha :: न्यूजगृह
कर्णालीमा माओवादीका परियार बिना विभागीय मन्त्री नियुक्त, लिए शपथ 

काठमाडौं— कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनिताको शपथग्रहण गरेका छन्। 

कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले परियारलाई आज बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्री परियारले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। 

आज बसेको माओवादी कर्णाली प्रदेशको संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै मुख्यमन्त्री कँडेलले परियारलाई मन्त्री नियुक्त गरेका हुन्। 

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:०७
Weather Update