News Griha :: न्यूजगृह
दलीय राजनीति गर्ने शिक्षकहरुविरुद्ध शिक्षामन्त्री एक्सनमा, आयोगबाट मगाइयो विवरण 
दलीय राजनीति गर्ने शिक्षकहरुविरुद्ध शिक्षामन्त्री एक्सनमा, आयोगबाट मगाइयो विवरण  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आवद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ।  ‘राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने’ निर्णय भएको मन्त्रालयले जनाएको छ। 
सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी 
सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी  सरकारले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम गर्न रोक लगाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका प्रतिष्ठान, विभाग, अस्पताल तथा केन्द्रहरुहरुलाई सो काम रोक्न निर्देशन दिएको हो। 
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु 
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।राप्ती–२ गड्यौलीस्थित पूर्वपश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो। 
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई चिर्नु आजको चुनौती बन्यो 
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई चिर्नु आजको चुनौती बन्यो  जनता समाजवादी पार्टी (जसपा) नेपाल, संघीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक नेतृत्वको मनोवृत्ति र मनोविज्ञान ‘म र मेरो’ भन्दा माथि उठ्न नसकेका कारण देशप्रतिको कर्तव्य निर्वाहमा इमानदारी नदेखिएको बताएका छन्।उनले नेपालले हाल अवलम्बन गरिरहेको मिश्रित निर्वाचन प्रणाली र शासकीय स्वरूपबीच तालमेल नभएकाले मुलुकको राजनीति र सरकारको स्थायित्व नभएको बताए।
कोरला नाकामा नेपाल–चिनियाँ प्रहरीको संयुक्त पैदल गस्ती [तस्बिरहरु]
कोरला नाकामा नेपाल–चिनियाँ प्रहरीको संयुक्त पैदल गस्ती [तस्बिरहरु] नेपाल र चीनको सीमाना कोरलामा दुई देशका प्रहरीले संयुक्त पैदल गस्ती गरेका छन्। नेपाल प्रहरीका अनुसार सीमा क्षेत्रमा खटिएका दुवैतर्फका प्रहरीले नेपाल–चीन सीमा कोरलास्थित २४ नम्बर पिल्लरदेखि पश्चिम २३ नम्बर पिल्लरसम्म अन्दाजी २ किलोमिटर संयुक्त पैदल गस्ती गरेका हुन्। सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनीकरणका संयुक्त पैदल गस्ती...
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र
प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र बजेट अभावका कारण मुगुमा प्रहरी चौकी भवन निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। एक वर्षमा निर्माण सम्पन गर्ने सम्झौता अनुरूप ठेक्का सम्झौता भएर काम अगाडि बढेपछि उक्त प्रहरी चौकीका लागि कर्णाली प्रदेश सरकारले बजेट नदिएपछि भवन निर्माण कार्य अलपत्र परेको हो।सोरु गाउँपालिकामा रहेको कालै प्रहरीको भवन वडा नम्बर ९...
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप, राजनीमा दिने प्रधानमन्त्रीको संकेत समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन्।उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको वातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन्।
डान्सबारमा जुवा खेलिरहेका १३ जना पक्राउ
डान्सबारमा जुवा खेलिरहेका १३ जना पक्राउ ग्वार्कोस्थित ननस्टप डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो।
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जनाएको छ। बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरूको प्रारूप छनोट, कार्यान्वयन एवं...
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।उनी पढाइसँगै घरखर्च जोहो गर्नका लागि चित्र बनाउँदै आएकी छन्। तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न ठाउँठाउँमा पुग्छिन्। चित्रकलामै भविष्य खोजिरहेकी निर्मला यसलाई नै जीविकोपार्जनको माध्यम बनाउने योजनामा छिन्। 
लिग जितको दौडमा रहेको लिभरपुल एभर्टनसँग स्तब्ध
लिग जितको दौडमा रहेको लिभरपुल एभर्टनसँग स्तब्ध इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६ औं स्थानको एभर्टनसँग पराजित भएको छ। एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो। यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ। उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। यद्यपि ३४ खेलमा ७४ अंक भएको लिभरपुल...
प्रिमियर लिगमा सेफिल्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड विजयी
प्रिमियर लिगमा सेफिल्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड विजयी प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ। सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो।
Weather Update