News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लिग जितको दौडमा रहेको लिभरपुल एभर्टनसँग स्तब्ध
तस्बिर: बीबीसी

काठमाडौं— इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६ औं स्थानको एभर्टनसँग पराजित भएको छ। एभर्टनको मैदानमा गएराती भएको खेलमा घरेलु टिमले लिभरपुललाई २–० ले हरायो। यो हारका कारण लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ। उसले शीर्ष स्थानको आर्सनलसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। यद्यपि ३४ खेलमा ७४ अंक भएको लिभरपुल तालिकाको दोस्रो स्थानमा यथावत छ।

प्रिमियर लिग तालिकामा आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ।

Prabhu Bank

 करिब ७७ प्रतिशत बल पोसेसन बनाएको लिभरपुलले गोल भने गर्न सकेन। खेलको २७औं मिनेटमा जेरार्ड ब्रान्थह्वाइटले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एभर्टनले ५८ औं मिनेटमा डोमिनिक कल्भर्ट लेविनको गोलमार्फत अग्रता लम्ब्याएको थियो। लिभरपुलले खेलभरी सातवटा सट पोस्टमा प्रहार गरेपनि एभर्टनका गोलकिपरको प्रदर्शन उत्कृष्ट रह्यो।

प्रिमियर लिगमा बिहीबार म्यानचेष्टर सिटी र ब्राइटनसँग प्रतिष्पर्धा गर्दैछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:०१
Weather Update