News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रिमियर लिगमा सेफिल्डलाई हराउँदै म्यानचेष्टर युनाइटेड विजयी
तस्बिर: गेट्टी

काठमाडौं— प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ। सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो।

Prabhu Bank

खेलको ३५ औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५० औं मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै सेफिल्डलाई पुनः अग्रता दिलाए। तर, ६१ औं मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नान्डेजले बराबरीमा ल्याए।

८१ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ८५औं मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो। जितसँगै युनाइटेड ५३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:४६
Weather Update