News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले निजीमा काम गरे कारबाही गर्ने मन्त्रालयको चेतावनी 

काठमाडौं— सरकारले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम गर्न रोक लगाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका प्रतिष्ठान, विभाग, अस्पताल तथा केन्द्रहरुहरुलाई सो काम रोक्न निर्देशन दिएको हो। 

Prabhu Bank

सरकारी अस्पतालहरुमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको उजुरीका आधारमा उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।  

‘मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संख्या बाहेक निजी स्वास्थ्य संस्थाहरुमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानुन, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो दिर्नेशन जारी गरिएको छ,’ मन्त्रालयले निर्देशनमा भनेको छ।  

त्यस्तै आगामी दिनमा कुनै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले यस्ता प्रकारका गतिविधि एवं क्रियाकलाप गरे गराइएको पाएमा स्वास्थ्य सेवा ऐन, २०५३ नेपाल स्वास्थ्य नियमावली, २०५५ तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:१८
Weather Update