News Griha :: न्यूजगृह
डान्सबारमा जुवा खेलिरहेका १३ जना पक्राउ
प्रहरीले बरामद गरेको तास र रुपैयाँ।

काठमाडौं — ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

ग्वार्कोस्थित ननस्टप डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:३७
Weather Update