News Griha :: न्यूजगृह
बजारमा निम्न गुणस्तरको वाइवाइ चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख जरिवाना   
बजारमा निम्न गुणस्तरको वाइवाइ चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख जरिवाना    चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले यस ब्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिवद्धता पत्र महानगरपालिकालाई पठाएको छ। यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फुड नेपाल हुने पत्रमा उल्लेख छ। 
स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ
स्पेन र क्रोएसिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ वैदेशिक रोजगारीमा स्पेन र क्रोएसिया पठाइदिने भन्दै ११ जनालाई ठगी गरेको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्पेन पठाइदिने प्रलोभन दिनेले आठ जनाबाट ५६ लाख र क्रोएसिया पठाइदिन्छु भन्नेले २ लाख ५५ हजार रुपैयाँ ठगेको आरोप छ।
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय
कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोट घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता...
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील 
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील  प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंवेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ। त्यस्तै बझाङमा ३२ केन्द्रलाई...
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्।विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो। त्यस्तै एक मत तटस्थ रहेको थियो। 
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जना थुनामै रहने 
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जना थुनामै रहने  सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।
अर्थविद्सँग आगामी बजेटबारे अर्थमन्त्रीले लिए राय
अर्थविद्सँग आगामी बजेटबारे अर्थमन्त्रीले लिए राय अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन् ।
भीम रावलले एमाले पार्टी छोड्न लागेका हुन्? 
भीम रावलले एमाले पार्टी छोड्न लागेका हुन्?  नेकपा एमालेको पार्टी नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेपछि बिहीबार नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरे। रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे। उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा...
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ।कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई वैशाख ७ मा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो। उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो।
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन्। राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शमशेरगन्ज सब-डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए। तर कति सङ्ख्यामा मरे भन्ने...
‘कतार जान लागेका हात्तीको भाइरल भिडिओ फेक हो, कागजी प्रक्रिया जारी छ’
‘कतार जान लागेका हात्तीको भाइरल भिडिओ फेक हो, कागजी प्रक्रिया जारी छ’ बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडिओ ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाएका छन् ।
नेप्सेमा सामान्य गिरावट
नेप्सेमा सामान्य गिरावट बिहीबार नेप्से सामान्य अंकले घटेको छ। बिहीबार नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ। त्यस्तै बिहीबार सेन्सेटिभ इन्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ। बिहीबार ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार...
Weather Update