मनोरञ्जनका नाममा शारीरिक, मानसिक र यौन शोषण बढ्यो शुक्रबार, वैशाख १४, २०८१

भोलि इलाम र बझाङमा यातायात बन्द, कुन-कुन सवारीमा हुँदैन रोकावट? शुक्रबार, वैशाख १४, २०८१ शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ। मतदानका दिन मुख्य राजमार्गहरुमा सार्वजनिक यातायात बन्द रहने र अन्य जिल्लाबाट वैकल्पिक माध्यमबाट सवारी आवागमन गराउन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

१० कक्षामा पढ्ने विद्यार्थीले बनाए विद्युतीय कार शुक्रबार, वैशाख १४, २०८१ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्। १० कक्षामा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट शुक्रबार, वैशाख १४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

टिकटकमार्फत चिनजान, क्यानडा लैजान्छु भन्दै दुबई पुर्याएर बेचबिखन शुक्रबार, वैशाख १४, २०८१ रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै युनाइटेड अरब इमिरेट्स (युएई) पुर्याई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ घर भई काठमाडौं नागर्जुन नगरपालिका–१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारी रहेका छन्।

डेढ केजी सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ शुक्रबार, वैशाख १४, २०८१ प्रहरीले डेढ केजी सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरेको छ। ठूलो परिमाणको रकम र सुनसहित ७ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले न्यूजगृहलाई जानकारी दिए।
-1714112235.jpg)
इलाम–२ मा उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा शुक्रबार, वैशाख १४, २०८१ शनिबार हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ। मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
-1714110330.jpg)
‘एक्सन’मा खेलकुदमन्त्रीः नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने शुक्रबार, वैशाख १४, २०८१ आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ।नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड विनियोजन गर्ने गरी योजनाहरु पेस गर्न भनिएको छ। आर्थिक वर्ष २०८०/८१ मा...

बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो? शुक्रबार, वैशाख १४, २०८१ नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कक्षा १२ को परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी काठमाडौंबाट पक्राउ शुक्रबार, वैशाख १४, २०८१ शुक्रबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय ठहिटीमा अध्ययनरत छात्र टंकबहादुर घर्तीको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
-1714106676.jpg)
काठमाडौं धेरै प्रदूषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम शुक्रबार, वैशाख १४, २०८१ संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित शहरको सूचीमा सबैभन्दा माथि छ। काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च बिन्दुमा पुगेको हो। देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ।

शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? शुक्रबार, वैशाख १४, २०८१ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनी बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन्। डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए।

लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिँदै शुक्रबार, वैशाख १४, २०८१ पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना आगामी आइतबार र सोमबार काठमाडौंमा आयोजना हुने सम्मेलनमा प्रस्तुत हुनेछन्। लगानी बोर्डको ५८ औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने...


-1714119729.jpg)






