News Griha :: न्यूजगृह
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ।पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। 
आइतबारबाट काठमाडौं महानगरका कार्यालय बिहान ९ बजेदेखि
आइतबारबाट काठमाडौं महानगरका कार्यालय बिहान ९ बजेदेखि काठमाडौं महानगरपालिकाले आइतबारदेखि (वैशाख १६ गते) बिहान ९ बजेदेखिकाठमाडौंकार्यालय सञ्चालन गर्ने भएको छ।वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजेबाट खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए।
राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने
राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने वैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङ्देनको भनाइ छ। उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने उनले बताएका छन्।
आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन
आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न सभापति देउवाको निर्देशन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पालगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन्। 
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्।भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन्।
कृषि मन्त्रालयका सहसचिव बर्खास्त
कृषि मन्त्रालयका सहसचिव बर्खास्त कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ।शुक्रबार मन्त्रालयले सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो। जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकास चन्द रहेका छन्।
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्न बाट बचेको बताए । 
मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक, शनिबारदेखि बजारमा उपलब्ध हुने 
मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक, शनिबारदेखि बजारमा उपलब्ध हुने  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन्।मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्।
सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुन फेरि पक्राउ
सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका दिपेश पुन फेरि पक्राउ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन फेरि पक्राउ परेका छन्। पक्राउ गरेर रूपन्देही प्रहरीले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई बुझाइएको छ। शुक्रबार धरौटी रकम बुझाएर कारागारबाट तारिखमा छुटेका पुनलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीमार्फत सीआईबीको जिम्मा लगाइएको हो।  उनी ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोप छ। सो प्रकरण...
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन जिल्ला अदालत रूपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन्। गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए।
‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’ 
‘सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ’  बचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताइन्। 
Weather Update