News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ: अध्यक्ष नेपाल

काठमाडौं— नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्डै झन्डै टुटेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले समयमा निर्णय लिएका कारण गठबन्धन टुट्न बाट बचेको बताए। 

Prabhu Bank

अध्यक्ष नेपालले हाल सरकारमा रहेका छ वटै पार्टीलाई समान ढंगले मिलाएर अगाडि बढ्नुपर्ने बताए। उनले कुनै एउटा पार्टी बाहिरिँदा सरकार भुँई मै पछारिने स्थिति रहेको बताउँदै उनले कसैले पनि घमण्ड गर्न नहुने बताए। ‘कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भुँई मै पछारिन्छ। यो कुरा पनि हेक्का राख्नुपर्छ। कोही पनि घमण्डी नहुन,’ उनले भने। 

सम्बोधनका क्रममा अध्यक्ष नेपालले कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढ्न नसकिने बताउँदै कांग्रेसलाई शत्रु ठान्नु आफ्नै पार्टीलाई खत्तम पार्नु रहेको बताए। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:५०
Weather Update