News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ। 

क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीमा समावेश गरिएको जानकारी दिए।

Prabhu Bank

यसअघि नेपालले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो। जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकास चन्द रहेका छन्।

मुख्य प्रशिक्षक मोन्टी देसाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताएका छन्। 

टी-२० सिरिजको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुनेछ। तेस्रो खेल वैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:०६
Weather Update