News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि

काठमाडौं— नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदैछ।

पाँच खेलको टी-२० सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सिरिजको बाँकी खेल भोलि, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन्। 

Prabhu Bank

नेपालले वेस्ट इन्डिजविरुद्धको सिरिजलाई टी-२० विश्वकप तयारीको रुपमा लिएको छ।

नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले नेदरल्याण्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:००
Weather Update