News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
राप्रपाले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपानिकट युवा संगठनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छिट्टै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्।

Prabhu Bank

आन्दोलनको नयाँ प्रारुप बनाउने जिम्मा आन्दोलन परिचालन समितिलाई दिइएको उनले बताए।

वैशाख १८ र १९ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमलाई पारित गर्ने र सार्वजनिक गर्ने लिङ्देनको भनाइ छ।

उनले यसअघि पार्टीले गरेको आन्दोलनमा राज्यले बर्बर दमन गरेको भन्दै सरकारप्रति निरन्तर विरोध जनाइराख्ने उनले बताएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २०:४५
Weather Update