News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं—अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्।

भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन्।

Prabhu Bank

सो भेटमा जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीका रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए। उनले प्रतिस्पर्धाको दुष्चक्रमा फस्नबाट जोगिनु पर्नेमा जोड दिएका थिए।

तर, यस भ्रमणको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १९:५२
Weather Update