News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो? 

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। 

बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Prabhu Bank

अघिल्लो कारोबार दिन बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ८ सय रहेकोमा आज मूल्य वृद्धि भइ १ लाख ३७ हजार २ सय कायम भइ कारोबार भइरहेको छ। 

पछिल्लो समय उच्च अंकमा पुगेको सुनको मूल्य केही दिनदेखि सामान्य गिरावट आइरहेको थियो। 

त्यसैगरी आज प्रतितोला चाँदीको मूल्य २० रुपैयाँले वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ६ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ६ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:५१
Weather Update