News Griha :: न्यूजगृह
कक्षा १२ को परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी काठमाडौंबाट पक्राउ

काठमाडौं– काठमाडौंको ठूलो भर्याङमा रहेको रेन्बो इन्टरनेसनल कलेजको परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

शुक्रबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा शान्ति शिक्षा मन्दिर माध्यामिक विद्यालय ठहिँटीमा अध्ययनरत छात्र टंकबहादुर घर्तीको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जाजरकोट घर भएका २३ वर्षीय आदेशजङ्ग शाही छन्। 

शाहीविरुद्ध प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ। 

कक्षा १२ को परीक्षा आजदेखि देशभर भइरहेको छ। परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:४६
Weather Update