News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
डेढ केजी सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ 

काठमाडौं— प्रहरीले डेढ केजी सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरेको छ।  

ठूलो परिमाणको रकम र सुनसहित ७ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले न्यूजगृहलाई जानकारी दिए। 

Prabhu Bank

उनका अनुसार विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं २४ इन्द्रचोक नजिकैबाट सुन र नगद बरामदसहित ७ जना पक्राउ गरेको हो।   

‘१ हजार ७ सय ६८ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई नियन्त्रणमा लिएका छौँ,’ रेग्मीले न्यूजगृहसँग भने। 

त्यस्तै पक्राउ पर्नेमा ४ नेपाली र ३ भारतीय नागरिक रहेका छन्। सो विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:२४
Weather Update