News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेखर कोइरालाको प्रश्न– डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनी बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन्। 

डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए। 

Prabhu Bank

नेता कोइरालाले सामाजिक सञ्जालमा लेख्दै वर्षेनी डढेलोको समस्या बढिरहे पनि सरकार त्यसमा संवेदनशील बन्न नसकेको गुनासो गरे। 

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ उनले भनेका छन्, ‘वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील?’

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:०६
Weather Update