News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भोलि इलाम र बझाङमा यातायात बन्द, कुन-कुन सवारीमा हुँदैन रोकावट?
सांकेतिक तस्बिर

काठमाडौं— शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ।  

मतदानका दिन मुख्य राजमार्गहरुमा सार्वजनिक यातायात बन्द रहने र अन्य जिल्लाबाट वैकल्पिक माध्यमबाट सवारी आवागमन गराउन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। 

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोगले अति आवश्यक सवारी बाहेक अन्य सवारी साधनको सञ्चालनमा रोक लगाएको छ। 

Prabhu Bank

बिरामी बोक्ने एम्बुलेन्स, खानेपानी ट्यांकर, दुध बोक्ने सवारी साधन, दमकल, सूचना तथा प्रशारण विभाग तथा प्रदेश रजिस्टार कार्यालयबाट जारी भएको र सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र बोकेका सञ्चारकर्मीहरुले प्रयोग गर्ने सवारीसाधन चलाउन पाइनेछ। 

त्यस्तै शव बाहन, अस्पतालमा कार्यरत परिचयप्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी, आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन, तरकारी तथा फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारीसाधन पनि चल्न पाउनेछन्। 

त्यस्तै कूटनीतिक नियोगमा कार्यरत पदाधिकारी तथा कर्मृचारी, पर्यटक बोक्ने सवारी साधन तथा सुरक्षाकर्मी बोक्ने सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनमा कुनै पनि अवरोध हुनेछैन। 

त्यस्तै सम्बन्धित मतदान केन्द्रका मतदाताहरुलाई आवश्यक्ता र औचित्य हेरी आवागमनमा सहजताका लागि सार्वजनिक यातायात सञ्चालन गर्र्न आयोगले सम्बन्धित जिल्लाको सीडीओ कार्यालयलाई निर्देशन दिएको छ। त्यसैगरी सम्बन्धित जिल्लासँग जोडिएका अन्य जिल्लाहरुमा सवारी आवागमनका लागि निर्देशन समेत दिइएको छ। 

शनिबार (भोलि) इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा (१) मा उपनिर्वाचन हुँदैछ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:४८
Weather Update