News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘कतार जान लागेका हात्तीको भाइरल भिडिओ फेक हो, कागजी प्रक्रिया जारी छ’

काठमाडौं— नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरूमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ ।

बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ । सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडिओ ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाएका छन् ।

Prabhu Bank

नेपालले उपहार दिने भनिएका हात्ती कतार पठाउनका लागि कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

‘नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेकोमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएकाले आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुनेछ,’ ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कतार पठाउने भनिएका हात्तीहरू चितवन राष्ट्रिय निकुञ्जमा रहेको र सामाजिक सञ्जालमा भाइरल भिडिओ समेत नेपालको नभएको बुझिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१८
Weather Update