News Griha :: न्यूजगृह
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन्।

विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो। त्यस्तै एक मत तटस्थ रहेको थियो। 

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद छन्।

त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्र एक/एक सांसद छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:०२
Weather Update