News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अर्थविद्सँग आगामी बजेटबारे अर्थमन्त्रीले लिए राय

काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग राय लिएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताए।

Prabhu Bank

मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए।

सरकारी स्रोतमा भएको सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ।

‘अर्थतन्त्रमा केही सुस्तता छ।जनता र खास गरी युवाहरूको अपेक्षा धेरै माथि छ,' उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ।’

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:५५
Weather Update