News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जना थुनामै रहने 

काठमाडौं— सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।

न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने शमशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

Prabhu Bank

गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको उनले बताए।

केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:५५
Weather Update