News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील 

काठमाडौं— इलाम-२ र बझाङ प्रदेश सभा १ मा हुने  उपनिर्वाचनमा २ हजार ३ ८७ प्रहरी परिचालन गरिने भएको छ।

प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै उपनिर्वाचनका लागि इलाम २ र बझाङ प्रदेश सभा १ मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ।  

Prabhu Bank

केन्द्रीय प्रहरी प्रवक्ता  प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पत्रकार सम्मेलनमा  यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि ‘उपनिर्वाचन सुरक्षा योजना–२०८१’ तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए। 

निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार  ३६३ प्रहरी परिचालन गरेको छ। भने बझाङ प्रदेश सभा १ को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी  परिचालन गरेको छ। 

प्रवक्ता ढकालले उपनिर्वाचनलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक बन्दोबस्तीका सामग्रीका साथ प्रहरी मतदान केन्द्र र मतदानस्थलमा खटिइसकेको जानकारी दिएका छन्। 

प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंवेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ। इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ।

भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ। त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:१३
Weather Update