News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भीम रावलले एमाले पार्टी छोड्न लागेका हुन्? 

काठमाडौं— नेकपा एमालेको पार्टी नेतृत्वले एकपछि अर्को गर्दै ‘बाइपास’ गर्दै डिलमा धकेलेपछि बिहीबार नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरे। रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे। 

उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको दुखेसो पोखे। पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको सुनाए।

Prabhu Bank

उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ। मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ। एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु। अब त्यो घुम्तीमा पुग्दाखेरि हामी सबैलाई थाहा छ।’

सामान्य जीवनमा पनि मान्छे घुम्तीमा पुगेपछि एमाले छाड्ने संकेत गर्दै त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जाने विश्लेषण सुनाए। रावलले थपे, ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पुर्‍याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु। त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि त्यो कुरामा आउनेछु।’

उनले पार्टी छोडेको घोषणा भने गरेनन्। तर मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए। उनले भने, ‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन। घुम्तीमा धकेलिएको छ, अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु।’

उनले एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत गतिविधि भएको जिकिर गर्दै जान नपाएको पीडा नसुनाएको बताए। पत्रकार सम्मेलनमा उनलाई एमाले छाडेर नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे पत्रकार प्रश्न सोधेका थिए।

जवाफमा  उनले भने, ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु। र, हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:०८
Weather Update