News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ।

कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई वैशाख ७ मा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो। उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो।

Prabhu Bank

केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण बनेपछि चैत २६ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसपछि मुख्यमन्त्रीसँग प्रदेशसभामा बहुमत नरहेको भन्दै एमाले र माओवादी केन्द्र विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्ने संकल्प प्रस्ताव वैशाख ७ मा बहुमतले पारित भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:४१
Weather Update