News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेप्सेमा सामान्य गिरावट

काठमाडौं— बिहीबार नेप्से सामान्य अंकले घटेको छ। बिहीबार नेप्से ३.२४अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ।

त्यस्तै बिहीबार सेन्सेटिभ इन्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ। बिहीबार ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए।

Prabhu Bank

त्यस्तै बिहीबार मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य८.०५ प्रतिशतले बढेको छ। त्यस्तै बिहीबार सबै भन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माई खोला हाइड्रोको शेयर मुल्य५.४५ प्रतिशतले घटेको छ।

बिहीबार ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ।

बिहीबार कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ। बिहीबार पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:०४
Weather Update