News Griha :: न्यूजगृह
बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा— बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन्।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउने उनले बताए।

फागुन १५ बाट शुरु भएको हिउँदे अधिवेशनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो। सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:१८
Weather Update