News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पितृ सत्ताविरुद्ध पारिजातको योगदान अतुलनीयः पम्फा भुसाल

काठमाडौं— माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन्। 

बुधबार काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीबी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन्। 

Prabhu Bank

उनले भनिन्, ‘पारिजात दिदि साहित्यकार त हुनुहुन्थ्यो नै। उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो। मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो।’

आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पितृ सत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनीय रहेको बताइन्। 

उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ। हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं।’

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:३७
Weather Update