News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
जाँदाजाँदै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद ! 

काठमाडौं— कतारका अमिर तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन्।

अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचीन इतिहासको केही अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरू र आम जनतालाई धन्यवाद दिएका हुन्।  

Prabhu Bank

उनले भ्रमणका क्रममा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक विकास र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्‍याउने विभिन्न साझेदारहरू सहित सम्बन्ध सुदृढ गर्ने बारे छलफल भएको बताएका छन्।

अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १८:२४
Weather Update