News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
महोत्तरीमा भीषण आगलागी 
प्रतीकात्मक तस्बिर

काठमाडौं— महोत्तरीमा भीषण आगलागी भएको छ। 

बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं–६ मा एक घरबाट सल्किएको आगोले गाउँमा भीषण रुप लिएको हो। 

Prabhu Bank

आगलागीबाट सयौँ घर जलेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले न्यूजगृहलाई जानकारी दिए। 

उनका अनुसार हालसम्म १ सय भन्दा बढी घरहरु जलिसकेका छन्। मानवीय क्षति नभए पनि आगोले ठूलो रुप लिइरहेको छ। 

‘अहिलेसम्म मानवीय क्षति नभए पनि आगोले ठूलो रुप लिइरहेको छ,’ उनले भने।

त्यस्तै आगो नियन्त्रणका लागि ११ वटा बरुणयन्त्रसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको समेत सक्रिय सहभागिता रहेको छ। 

उनका अनुसार दिउँसो एक घरबाट आगो लागेको हो। के कारणले आगलागी भयो भन्ने खुल्न नसकेको उनले बताए। आगो नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए। 

‘अहिलेसम्म के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन, सबै संयन्त्र प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ,’ उनले भने। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३८
Weather Update