मनिषालाई ‘दिल तो पागल हे’को अझै पछुतो बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री र कतारका अमिरबीच भेटवार्ता बुधबार, वैशाख १२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता सुरु भएको छ। मङ्गलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको हो। अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बढ्यो सुनचाँदीको मूल्य बुधबार, वैशाख १२, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काभ्रेमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर बुधबार, वैशाख १२, २०८१ काभ्रेको भुम्लु गाउँपालिका –५ मूलाबारीमा जीप दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।चौरीदेउराली गाउँपालिका –६ कात्तिके देउरालीबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२९१ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियार मन्त्री बन्ने बुधबार, वैशाख १२, २०८१ कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर बुधबार, वैशाख १२, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

लुम्बिनीमा नेपालको झन्डाको बिजोग बुधबार, वैशाख १२, २०८१ भैरहवा— लुम्बिनी विकास परिसरको केन्द्रीय नहरस्थित मण्डलामा रहेको नेपालको झन्डाको अवस्था। पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झन्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झन्डा फेर्न सकेको छ, न त झन्डा राखिएको पाइप पेन्ट गर्न सकेको छ। पर्यटकीय केन्द्रको रुपमा यहाँ लुम्बिनी आउने पर्यटकले सेल्फी र...

कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै बुधबार, वैशाख १२, २०८१ नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका थानीलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्दै भेटवार्ता गर्न लागेका हुन्।
कतारका अमिरको भ्रमणसम्बन्धी खबर दैनिक पत्रिकाको प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ बुधबार, वैशाख १२, २०८१ मङ्गलबार अपराह्न काठमाडौं ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे। उनी मङ्गलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेको राजकीय भोजमासमेत सहभागि भए। कतारी अमिरले आज प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने र शिक्षा, खेलकुद लगायत क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौता हस्ताक्षर गर्ने कार्यक्रम छ। काठमाडौंबाट प्रकाशित प्रमुख अखबारले राष्ट्रपति पौडेल र...

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ: प्रधानमन्त्री बुधबार, वैशाख १२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिसकेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताए। ‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास...

शिक्षामन्त्री श्रेष्ठको आग्रह— शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं बुधबार, वैशाख १२, २०८१ शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरुपयोग भएको बताएकी हुन्।

झापामा जीप र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार तीनैजनाको मृत्यु बुधबार, वैशाख १२, २०८१ पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

आज आईपीएलमा दिल्ली र गुजरातबीच भिडन्त बुधबार, वैशाख १२, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ। दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि शुरु हुँदैछ।जारी आईपीएलमा दिल्ली क्यापिटल्सले ८ मध्ये केवल ३ खेल जितेको छ भने ५ खेलमा हार बेहोरेको छ। प्लेअफमा पुग्नका लागि दिल्लीले...









