News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कर्णालीमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियार मन्त्री बन्ने  

काठमाडौं— कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। 

नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ। 

Prabhu Bank

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए। तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ। बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरिएको छ।

नेकपा माओवादी केन्द्रले पहिलो चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ। उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन। हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए। 

बुधबार बिहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो। बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:३७
Weather Update