News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
काभ्रेमा जीप दुर्घटना, १० घाइते, तीनको अवस्था गम्भीर
दुर्घटनामा परेको जीप। 

काभ्रे— काभ्रेको भुम्लु गाउँपालिका –५ मूलाबारीमा जीप दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

चौरीदेउराली गाउँपालिका –६ कात्तिके देउरालीबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२९१ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

Prabhu Bank

जीप सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 दुर्घटनामा घाइते भएका ब्यक्तिलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएकोमा केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। 

उनले घाइतेमध्ये सातको अवस्था सामान्य रहेको बताए। 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:५१
Weather Update