News Griha :: न्यूजगृह
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।त्यसका लागि मंगलबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए।
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका ती जर्मन नागरिकलाई पूर्वी शहर ड्रेसडेनबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।
गृहमन्त्री रवि लामिछानेको घोषणा- सञ्चालकको सम्पत्ति जफत गरी सहकारी पीडितको रकम फिर्ता गराउँछौँ 
गृहमन्त्री रवि लामिछानेको घोषणा- सञ्चालकको सम्पत्ति जफत गरी सहकारी पीडितको रकम फिर्ता गराउँछौँ  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गराएरै छोड्ने प्रतिवद्धता गरेका छन्।चुनावी प्रचारका लागि इलाममा रहेका गृहमन्त्री लामिछानेले सदन बस्न नसक्ने अवस्था भए अध्यादेशमार्फत भए पनि कानुन बनाएर पैसा फिर्ता गरिने बताए।
गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो
गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन्।
पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह
पचाल झरनालाई नेपालकै ‘अग्लो झरना’ को मान्यता दिन आग्रह कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन्। पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ। 
कतारका राजालाई काठमाडौंमा भव्य स्वागतः विमानस्थलदेखि शीतल निवाससम्म [फोटोफिचर]
कतारका राजालाई काठमाडौंमा भव्य स्वागतः विमानस्थलदेखि शीतल निवाससम्म [फोटोफिचर] दुई दिने नेपालको राजकीय भ्रमणमा मंगलबार अपरान्ह काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भव्य स्वागत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका हुन्। 
राष्ट्रपति पौडेल र कतारी राजा थानीबीच शीतल निवासमा भेटवार्ता
राष्ट्रपति पौडेल र कतारी राजा थानीबीच शीतल निवासमा भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र कतारी राजा थानीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको हो।
लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक
लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन्। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित युवा संवादमा उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए।
कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज
कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज करिब २० घण्टा नेपाल रहने गरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन्।
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला 
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला  मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट शहरमा सम्पन्न भएको छ। आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन्। उनले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नेछिन भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ।
नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएनः प्रदिप पौडेल
नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएनः प्रदिप पौडेल नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा परिवर्तन नेपाल अभियानले आयोजना गरेको ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको...
काठमाडौं आइपुगे कतारका राजा थानी
काठमाडौं आइपुगे कतारका राजा थानी कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका हुन्।  
Weather Update