News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

काठमाडौं— करिब २० घण्टा नेपाल रहने गरी काठमाडौं उत्रिएका कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलमा स्वागत गरेका छन्।

निजी विमानमा दिउँसो ३ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक डेढ सयजनाको टोली भ्रमणमा छ।

Prabhu Bank

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान पनि सहभागी छन्।

राजासहितको टोलीले द्विपक्षीय वार्ता शीतलनिवासमा गर्दैछ। साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज दिंदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। 

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:०७
Weather Update