News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चीनको लागि जासुसी गरेको आरोपमा जर्मन सांसदका सहायक कर्मचारी पक्राउ

काठमाडौं— जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ। चिनियाँ मूलका ती जर्मन नागरिकलाई पूर्वी शहर ड्रेसडेनबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।

जियान जी नामका यी व्यक्ति करिब २० वर्षअघि विद्यार्थीका रूपमा जर्मन आएका थिए। जियानमाथि युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनमा संवेदनशील सूचना पठाएको आरोप छ।

Prabhu Bank

जियानले दक्षिणपन्थी एएफडी पार्टीका राजनीतिज्ञ म्याक्सिमिलियन क्राउसको सहायकको रूपमा काम गरेका थिए। उनीमाथि जर्मनीमा रहेका चीन विरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई सुम्पेको आरोप पनि लागेको छ।

केही दिनअघि मात्रै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो।

उनीहरूमाथि जर्मनीको सैन्य प्रविधिसँग सम्बन्धित सूचना चोरेर चीनमा पठाएको आरोप छ। बेलायतमा पनि चीनका लागि जासुसी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:३९
Weather Update