News Griha :: न्यूजगृह
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

त्यसका लागि मंगलबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। 

प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए।

यद्यपि सत्तारुढ गठबन्धनमा भागबन्डाको कुरा नमिल्दा अहिलेसम्म सरकार विस्तार भने हुन सकिरहेको छैन। 

मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबीच भागबन्डाको विषयमा छलफल भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:५४
Weather Update