News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालमा राजनीतिक नेतृत्व नैतिकवान भएनः प्रदिप पौडेल

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन्। 

लोकतन्त्र दिवसको अवसरमा मंगलबार काठमाडौंमा परिवर्तन नेपाल अभियानले आयोजना गरेको ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको बताए। 

उनले भने, ‘नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबै छन्। तर हामीसँग नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान छैन। हामीले बुझेको लोकतन्त्र यही हो त?’

Prabhu Bank

राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गरेका छन्। 

उनले भने, ‘लोकतन्त्र हाम्रो प्राथमिकतामा नपरेको हो कि? यो लोकतन्त्रले काम गर्दैन भनेर निष्कर्ष निकाल्ने स्थितिमा पुगिएको हो कि? राजनीतिक दलहरुले जुन किसिमले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने हो त्यो नराखेको स्पष्ट देखिन्छ।’

केही टेलिभिजनहरुले लोकतन्त्र स्थापनाका लागि सडकमा संघर्ष गरेका नेताहरुलाई सडकमा ढुंगामुडा गरेर राजनीतिमा आएका हो त नि भन्ने भाष्य समाजलाई दिन खोजेको आरोप लगाए। 

लोकतन्त्रले नैतिकताको नजिर बनाउन नसकेको पौडेलको भनाइ छ। 

उनले प्रश्न गर्दै भने, ‘आजको लोकतन्त्रसँग समाजको अपेक्षा के थियो। लोकतन्त्रले नैतिकताको नजिर बनाउन किन सकेन? नेतृत्वले नैतिकताको नजिर बनाउन किन सकेन?’

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै पौडेलले यसको विकल्प अन्य कुनै शासन प्रणाली हुन नसक्ने उल्लेख गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:२०
Weather Update