News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
राष्ट्रपति पौडेल र कतारी राजा थानीबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र कतारी राजा थानीसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको हो।
भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल हुने बताइएको छ। 

Prabhu Bank

मंगलबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका कतारी राजा थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गरेका थिए। उनको स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो। 

शीतल निवासमा जारी भेटवार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरु र कतारका तर्फबाट राजा थानीसहितको प्रतिनिधिमण्डल रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:२५
Weather Update