News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गृहमन्त्री रवि लामिछानेको घोषणा- सञ्चालकको सम्पत्ति जफत गरी सहकारी पीडितको रकम फिर्ता गराउँछौँ 
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गराएरै छोड्ने प्रतिवद्धता गरेका छन्।

चुनावी प्रचारका लागि इलाममा रहेका गृहमन्त्री लामिछानेले सदन बस्न नसक्ने अवस्था भए अध्यादेशमार्फत भए पनि कानुन बनाएर पैसा फिर्ता गरिने बताए।

Prabhu Bank

सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर पीडितको रकम फिर्ता गरिने उनले बताए। ‘चाँडै नीति ल्याएर कानुनमा आवश्यक संशोधन गरेर सहकारी ठगी गरेर भागेकाहरूको सम्पत्ति रोक्का गरेर तिनको सबै सम्पत्ति बेचेर भए पनि सानासाना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिनेछ,’ लामिछानेले भने, ‘घोषणा यहीँबाट गर्न चाहन्छु। प्रधानमन्त्रीसँग कुराकानी गरेर भनेको छु।’

कानुनले अप्ठ्यारो परेकाले सहकारीको सम्पत्ति जफत गर्न कठिनाइ भएको उनले सुनाए। कानुन निर्माण गरी सञ्चालकको सम्पत्ति भए, नभएको खोज्ने उनले बताए।

आफ्नो बारेमा तथ्यहीन आरोप विपक्षीले लगाइरहेको बताए। ‘राज्यका सम्पूर्ण शक्ति लगाएर छानबिन गरेको होइन र? नसकेपछि मिडिया चलाएको होइन र?,’ लामिछानेले भने, ‘प्रमाण पुग्दा आफ्नै दलको नेता बालकृष्ण खाणलाई समात्नेले मलाई दया माया गरेर छोडेका होलान् र? केही भेटिए पो थुन्नु।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:२९
Weather Update