News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

दुई दिने नेपालको राजकीय भ्रमणमा मंगलबार अपरान्ह काठमाडौं आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई भव्य स्वागत गरिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका हुन्। 

विमानस्थलमा स्वागतपछि नेपाली सेनाले २१ तोपको सलामीसहित उनलाई सम्मान गरेको थियो। 

अहिले राष्ट्रपति भवन शीलत निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा थानीको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ।  

शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका छन्। 

उनीहरुबीच द्विपक्षीय हित र चासोसहित कूटनीतिक सम्बन्धका विषयमा छलफल भइरहेको छ।

कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए। यसअघि विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विशिष्ट पदाधिकारीहरुले अमिर अल थानीलाई स्वागत गरेका हुन्।  

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:५२
Weather Update