News Griha :: न्यूजगृह
सरकारले ल्याएको अध्यादेशबारे यसो भन्छन् अर्थमन्त्री पुन
सरकारले ल्याएको अध्यादेशबारे यसो भन्छन् अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिकै आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन्। लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमत्ती नरहेको बताए। 
लोकतन्त्र दिवसबारे सभामुख– व्यवस्था परिवर्तन भयो, नागरिकको अवस्था परिवर्तन भएन
लोकतन्त्र दिवसबारे सभामुख– व्यवस्था परिवर्तन भयो, नागरिकको अवस्था परिवर्तन भएन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्।  
कतारका राजालाई स्वागत गर्न सरकारले सार्वजनिक बिदा दिएपछि सर्वत्र विरोध, के भन्छन् गृहमन्त्री?
कतारका राजालाई स्वागत गर्न सरकारले सार्वजनिक बिदा दिएपछि सर्वत्र विरोध, के भन्छन् गृहमन्त्री? कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न मंगलबार सार्वजनिक बिदा दिएको छ। यो निर्णय विवादित बनेको छ। सामाजिक सञ्जालमा धेरैले सार्वजनिक बिदाको औचित्यमा प्रश्न उठाएका छन्। आम नागरिकको प्रश्नपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रष्टिकरण दिएका छन्।
एलोन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज? 
एलोन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज?  अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ व्यक्ति भन्दै कटाक्ष गरेका छन्। 
वीरगञ्जमा सात घर जले, ५४ लाखको क्षति
वीरगञ्जमा सात घर जले, ५४ लाखको क्षति वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए। ‘सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,’ उनले भने, ‘ठूलो आगलागी भएकाले पनि...
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित]  
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित]   राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ। सोमबार खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो। 
भारतमा डीडी न्यूजको लोगोको रङ्ग परिवर्तन, भाजपाको झन्डासँग मिल्दोजुल्दो भएपछि विपक्षीको विरोध
भारतमा डीडी न्यूजको लोगोको रङ्ग परिवर्तन, भाजपाको झन्डासँग मिल्दोजुल्दो भएपछि विपक्षीको विरोध भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल दूरदर्शन (डीडी) न्यूजको लोगोको रङ्ग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ। यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अङ्ग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ। यो रङ भारतीय जनता पार्टी (भाजपा)को झन्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन्। 
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ।महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ? 
नेपाल टुरमा आउने वेस्ट इन्डिज 'ए' टिमको घोषणा, को को परे ?  वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उकप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ। वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी-२० सिरिज खेल्ने कार्यक्रम रहेको छ। विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ।
कतार राजाको सुरक्षा तीन तारे जर्नेलको कमान्डमा,  विमानस्थल आधा घण्टा ठप्प पारिने 
कतार राजाको सुरक्षा तीन तारे जर्नेलको कमान्डमा,  विमानस्थल आधा घण्टा ठप्प पारिने  कतार आमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी (तीन तारे जर्नेल) अशोक सिग्देलको कमान्डमा हुने भएको छ। मङ्गलबारदेखि हुने दुई दिने भ्रमणमा आमिरको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना...
शुक्लाफाँटामा बाघको संख्या बढ्यो
शुक्लाफाँटामा बाघको संख्या बढ्यो महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७...
कतारका राजालाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ उपहार दिइने
कतारका राजालाई ‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ उपहार दिइने दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले उपहारमा दुईवटा हात्ती दिन लागेको हो। थानी आज अपराह्न नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।
Weather Update