News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शुक्लाफाँटामा बाघको संख्या बढ्यो

कञ्चनपुर— महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो। निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो।

Prabhu Bank

गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

शुक्लाफाँटा भित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी ताल जस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको पर्यटन व्यवसायी जगदीश भट्टले बताए। ‘शुक्लाफाँटा पाटेबाघको लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्,’ उनले भने।  

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके आर्थिक विकास टेवा पुग्ने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:१४
Weather Update