News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एलोन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीज? 

काठमाडौं— अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहंकारी’ व्यक्ति भन्दै कटाक्ष गरेका छन्। 

अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ।

Prabhu Bank

केही दिन अघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो। एक १६ वर्षीय युवकले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए। यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। 

अष्ट्रेलियाका दूरसञ्चार नियामकहरूले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणीहरू हटाउन आग्रह गरेका थिए।

तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अष्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ।

पछि एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्ण रूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताहरूका लागि मात्र हटाएको थियो। एक्सको तर्क थियो, ‘अष्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन।’

एक्सको जवाफपछि अष्ट्रेलियाका प्रधानमन्त्रीले एलोन मस्कलाई निशाना बनाएका हुन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:४६
Weather Update